सल्यान  / सल्यान जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन  आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ,  भने १० जना बढी घाइते भएका छन् ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

रागेचौर प्रहरीका अनुसार घटनाबारे विस्तृत विवरण आएको छैन् । 
घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको र  मृतकको पहिचान नभएको प्रहरीले जनाएको छ ।