बिर्तामोड / झापा गाउँपालिका वडा नम्बर-२ मा नेपाली कांग्रेसको प्यानल  विजयी भएको छ । निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका नेत्रबहादुर खड्कालाई हराउँदै वडा अध्यक्षमा कांग्रेसका हिमालकुमार चम्लागाई सहितको प्यानल निर्वाचित भएका हुन । चम्लागाईले ९८० र खड्काले ७५९ मत ल्याएका छन् । 

त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका मोहनकुमार राजवंशी ८९१ , राजकुमार काहार ८३४ , महिला सदस्यमा कविता सोरेन ९४३ र दलित महिला सदस्यमा बाबरीदेवी परियार १०१३ मत ल्याई निर्वाचित भएका छन् । यसअघि झापा- १ मा कांग्रेसका राजकुमार यादवले प्यानलसहित जितिसकेका छन् । 

OM Sai Pathibhara Hospital