बिर्तामोड / आइतबार पानीसँगै परेको चट्याङ लागेर झापाको हल्दीबारी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका २ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा रहेका छन् ।

प्रहरीका अनुसार गएराति साढे १ बजे भेना शौचालय गर्न कोठाबाट बाहिर निस्किएका थिए । सोही बेला परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । घटना पश्चात प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीलले जनाएको छ ।