बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बराललाई ६९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
वाग्लेले २०४३ मत प्राप्त गरेका छन् भने बरालले १३५० मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गिरिराज दङ्गालले ७५१ मत प्राप्त गरेका छन् ।
सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा र सदस्यमा मोहनकुमार राई र लक्ष्मीप्रसाद कडेल बिजयी भएका छन् ।
त्यस्तै कनकाई नगरपालिका –७ को वडा अध्यक्षमा काङ्ग्रेसका भिष्मभुषण सिटौला विजयी भएका छन् । सिटौला उनका निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका प्रकाश सिवाकोटीलाई हराउँदै बिजयी बनेका हुन ।
सिटौलाले १११५ मत प्राप्त गर्दा सिवाकोटीले ८६७ मत मात्रै ल्याए पछि सिटौला २४८ मत अन्तरले बिजयी बनेका हुन । यस बडामा जम्मा २३२९ मत खसेको थियो ।
यसैगरी कांग्रेसबाट महिला सदस्यमा अरुणा सुब्बा, दलित महिला सदस्यमा सावित्रा सार्की ८७४ मत र खुल्ला सदस्यमा भगन टुडु ६८७ मत ल्याउँदै विजयी भएका छन भने खुल्ला सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल आङ्थुपा लिम्बू विजयी भएका छन ।