बिर्तामोड / झापाको कचनकवल गाउँपालिका –३ मा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
राप्रपाका उम्मेदवार विजय कुमार राजवंशीलाई ५४४ मतान्तरले हराउँदै कांग्रेसका ग्यास आजमल मिया वडा अध्यक्षमा विजयी भएका हुन् ।
मियाले एक हजार ३७५ मत प्राप्त गरेका छन् भने राजवंशीले ८३१ मत ल्याएका छन् । राजवंशी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् ।
त्यस्तै वडा सदस्यहरूमा काङ्ग्रेसबाटै मेघलाल राजवंशी, सूर्यनारायण राजवंशी, विष्णुमाया अधिकारी र शोभा सुनदास विजयी भएका छन् ।
यसअघि कचनकवल –१ मा पनि काँग्रेसको प्यानल नै विजयी भएको थियो भने वडा नम्बर –२ को वडा अध्यक्षमा भने एमालेका लेखनाथ खत्री निर्वाचित भएका छन् ।