गौरादह / वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार झापाको गौरादह नगरपालिका –१ को वडा अध्यक्षमा एमालेका नगेन्द्र भण्डारी विजयी भएका छन् । 

भण्डारीले एक हजार ९९३ मत ल्याएका छन् भने उनका प्रत्यासी उम्मेदवार कांग्रेसका इन्द्र गौतमले एक ७३१ मत ल्याएका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै नगर प्रमुखमा पनि एमाले कांग्रेस भन्दा २२८ मतान्तरले अग्रस्थानमा छ । एमालेका छत्रपती सुवेदीले एक हजार ९५६ मत प्राप्त गर्दा  (गठबन्धन)बाट कांग्रेसका उम्मेदवार रोहित कुमार शाहले एक हजार ७२८ मत ल्याएका छन् । 

त्यस्तै प्रमुख पदमा राप्रपाका गोपाल पौडेलले १४१ मत पाएका छन् । 

उपप्रमुख पदमा पनि एमाले कांग्रेस भन्दा ३४९ मतान्तरले अग्रस्थानमा छ । एमालेका उम्मेद्वार जलवर्षा राजवंशीले एक हजार ८३७ मत प्राप्त गर्दा  (गठबन्धन) बाट माओवादीका पुष्पलाल ढकालले एक हजार ४८८ मत प्राप्त गरेका छन् । 

यस्तै उपप्रमुख पदमा राप्रपाका देवेन्द्र खड्काले १३७ मत पाएका छन् ।