बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा ३२११ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले १२५८ र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले ११४२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले २८५ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ७०७ , गठबन्धन ९माओवादी० का खड्ग बहादुर तिम्सिनाले ५१६ , राप्रपाकी इन्दिरा रिजालले २०३ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले ११८३ मत ल्याएका छन् ।
यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले ९११ मत, एमालेका अनिल वाग्लेले १५१० र राप्रपाका उम्मेद्वार गिरिराज मणि दङ्गालले ३४८ मत प्राप्त गरेका छन् ।