बिर्तामोड / देशभरका स्थानीय तहका मतपरिणाम आउने क्रम जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतपरिणाम अनुसार हालसम्म २४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म नेकपा एमालेले १० पालिका जितेको छ भने, नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा रहेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेर चौथो स्थानमा छ ।

OM Sai Pathibhara Hospital

एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेको छ भने अन्यत्र पालिकामा भने मतदानमार्फत सफल्ता हात पारेको हो ।

नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका– मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

८. साइपाल गाउँपालिका–बझाङ

९. नवलपुरको बौदीकाली –नवलपरासीपूर्व

१०. थलरा गाउँपालिका– बझाङ

नेपाली कांग्रेस
१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका–मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

९. तमानखोला गाउँपालिकामा, बागलुङ

नेकपा माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका, डोल्पा

२. नौमुले गाउँपालिका, दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

४. लिम्चुङबुङ गाउँपालिका, उदयपुर

नेकपा एकीकृत समाजवादी

१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा