बिर्तामोड / झापाको कनकाई नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेद्वारी दिएका जेब्रा चुनाव चिन्हका शेरबहादुर थापा अग्र स्थानमा रहेका छन् ।
छ हजार ९७१ मत गणना गर्दा कनकाईको प्रमुख पदमा थापाले दुई हजार ८७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रमुख पदमा एमालेका राजेन्द्रकुमार पोखरेलले दुई हजार ४८, कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ९५७, राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले ३१६, तराजु चुनाव चिन्हका भिम प्रसाद अधिकारीले सात र पुतली चुनाव चिन्हका देवी प्रसाद उप्रेतीले एक मत पाएका छन् ।
यस्तै उप प्रमुख पदमा एमालेकी मञ्जु प्रसाईंले दुई हजार ४२३ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी आशा शर्माले दुई हजार २१७ मत प्राप्त गरेकी छिन् ।
उपप्रमुखमा राप्रपाकी सचित्रा खनाल (चुँडाल) ले ४२९, समाजवादीकी अम्बिका महत (उप्रेती)ले २६६ र विवेकशील साझाकी अम्बिका चापागाइँ (सुवेदी) ले १५ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै वडा नम्बर –४ मा १०० मत गणना गर्दा अध्यक्ष पदमा एमालेले ४५ मत, कांग्रेसले ४५, राप्रपाले ५ र माओवादी र विवेकशीलले १–१ मत प्राप्त गरेका छन् ।
वडा नम्बर – ५ मा १५० मत गणना गर्दा अध्यक्ष पदमा एमालेले ३७०, कांग्रेसले ५५ र राप्रपाले पाँच मत पाएको छ भने वडा नम्बर –६ मा एक हजार २०० सय मत गणना गर्दा एमालेले ३९३, कांग्रेसले १४८, माओवादीले १९८ र जेब्राले ३३० मत प्राप्त गरेको छ ।
यस्तै वडा नम्बर –७ मा एक हजार ६ मत गणना गर्दा अध्यक्ष पदमा एमालेले ३७०, कांग्रेसले ४६४, माओवादीले २९ र राप्रपाले २३ मत पाएको छ ।