बिर्तामोड / भद्रपुर नगरपालिका वडा नम्बर- २ मा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले वडा अध्यक्षका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका छन् । एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका भीमबहादुर सुब्बालाई २३९ मतान्तरले पछि पार्दै कांग्रेसका उम्मेदवार कँडेल निर्वाचित भएका हुन् ।
कँडेलले १३०९ र सुब्बाले १०७० मत ल्याएका छन् । गठबन्धनले वडा अध्यक्ष जितेपनि सबै वडा सदस्यहरू एमालेले जितेको छ । वडा सदस्यहरूमा एमालेका ममता लिम्बू , द्रोणविक्रम कोइराला, लीलानाथ निरौला र देवीका बस्याल निर्वाचित भएका छन् ।