बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापाको कचनकवल –२ को मत गणना सकिएको छ । वडा नम्बर –२ को वडा अध्यक्षमा नेकपा एमालेका लेखनाथ खत्री विजयी भएका छन् । 

वडा नम्बर –२ मा दुई हजार ३७७ मत खसेकोमा खत्रीले ७८० मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी राप्रपाका हरिनारायण चौहानले ६८५ मत प्राप्त गरेका छन् ।  

OM Sai Pathibhara Hospital

त्यस्तै वडा अध्यक्षमा कांग्रेसका सुरज कुमार भट्टराईले ६३१ मत, माओवादीले ४३ र साइकलले ७ मत पाएका छन् । 

त्यस्तै वडा सदस्यमा एमालेका गणेश भण्डारी र मनमाया चौहान, कांग्रेसका धन बहादुर गुरुङ र दलित सदस्य तर्फ राप्रपाका अमृता बोगटी गन्धर्व निर्वाचित भएका छन् । 

त्यस्तै वडा नम्बर –२ मा गठबन्धनबाट कचनकवलको अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक हजार २२७ मत, राप्रपाका अन्जरा आलमले ७५५ र माओवादीका बुद्धि प्रसाद नेपालले ८१ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्ष पदमा एमालेका नवराज भट्टराईले एक हजार २१ मत, राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ७७८ र माओवादी केन्द्रकी भागीरथी अधिकारीले ८३ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै कचनकवल –१ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी बनेको छ । महावीर लिम्बू वडाध्यक्षमा निर्वाचित भए । 

उनले १ हजार ४ सय ४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार लक्ष्मी नारायण यादवले १ हजार १ सय १० मत प्राप्त गरे । 

वडा सदस्यमा अन्तप्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित भए । महिला सदस्यमा सञ्जावती राजवंशी र दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित भए ।