बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा –२ मा दुई हजार ३७७ मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । 

गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक हजार २२७ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक हजार २१ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ७५५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ७७८ मत प्राप्त गरेकी छन् । 

माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ८१ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ८३ मत प्राप्त गरेकी छिन् ।

यस्तै साइकल चुनाव चिन्हले अध्यक्षमा ३, कलमले ३ र ढल्केको छाताले ३ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा साइकलले २ मत प्राप्त गरेको छ ।

त्यस्तै वडाध्यक्षमा एमाले अग्र स्थानमा रहेको छ । एमालेले ७८० मत प्राप्त गरेको छ भने कांग्रेसले ६३१ मत प्राप्त गरेको छ । राप्रपाले ६८५, माओवादीले ४३ र साइकलले ७ मत पाएका छन् । 

कचनकवल –१ मा भने काङ्ग्रेसका महावीर लिम्बु (रञ्जित) विजयी भएका छन्  ।