बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं १ मा खसेको ३५८१ मत गणना हुँदा नेकपा एमालले अग्रता लिएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १७५७ ल्याएर अग्र स्थान ओगटेका छन् भने गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १३६४ मत प्राप्त गरेकी छिन् । राप्रपाका मेयर पदका उम्मेदवारले १६४ मत प्राप्त गरेको नगरस्थित निर्वाचन कार्यालय जनाएको छ ।
त्यस्तै उपमेयरमा एमालेले १६५८ , गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ९१३ र राप्रपाले २०६ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा नं १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।
कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवारले १५९४ मत प्राप्त गरेका छन् भने एमालेले १४५४ मत प्राप्त गरेका छन् । राप्रपाले भने २४१ मत प्राप्त गरेको छ ।