बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा २२८२ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले ८६७ र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले ८४३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले १७९ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ४९२ , गठबन्धन (माओवादी) का खड्ग बहादुर तिम्सिनाले ३६० , राप्रपाकी इन्दिरा रिजालले ९४ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले ९०२ मत ल्याएका छन् ।
यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले ६६३ मत, एमालेका अनिल वाग्लेले ११२४ र राप्रपाका उम्मेद्वार गिरिराज मणि दङ्गालले १८६ मत प्राप्त गरेका छन् ।