केराबारी / नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका –१ र कटहरी गाउँपालिका –१ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । 

२०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको दुवै पालिकाको वडामा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।

OM Sai Pathibhara Hospital

केराबारीमा एमाले गाउँकमिटिका उपसचिव शरण मगरले ६६२ मत प्राप्त गर्दा उनका प्रत्यासी कांग्रेसका उमेदवारले ६४८ मत पाएका छन् ।  

वडामा एमालेको एक महिला सदस्यको मनोनयन खारेज भएकोले एक महिलाबाहेक प्यानल नै जितेको छ । पालिका अध्यक्षमा एमालेलाई ६७२ मत, कांग्रेसलाई ६२६ मत र माओवादी केन्द्रलाई २० मत खसेको छ ।

त्यस्तै कटहरी –१ मा पनि एमालेका हरि नारायण राजबंशी ९६० मतका साथ विजयी भएका छन् ।

यसैगरी सुनवर्षी नगरपालिका वडा नं १ वडाअध्यक्ष नेपाली काँग्रेसका वीर बहादुर राईले १२११ मत ल्याएर विजयी भएका छन्। एमालेका हेम राईले १०३७ मत पाएका छन् ।