बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार पाँच हजार २७६ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी दुई हजार २५४मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले एक हजार ५३९ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ७१५ मत ल्याएका छन् ।
यस्तै राप्रपाका प्रमुख श्याम ओलीले २२६ मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले चार मत प्राप्त गरेका छन् ।