बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ ।
गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले दुई हजार ५८० मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक हजार ३९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले एक हजार १९३ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक हजार ३७५ मत प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले १४१ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ४६० मत प्राप्त गरेकी छिन् ।
यस्तै साइकल चुनाव चिन्हले अध्यक्षमा २४, कलमले १० र ढल्केको छाताले १५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा साइकलले ४० मत प्राप्त गरेको छ ।