दमक / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिका वडा नं -१ मा एमालेको प्यानल नै विजयी भएको छ । मेयरमा गीता अधिकारीको अग्रता सहित वडा अध्यक्ष हरी न्यौपानेको प्यानल विजयी भएको हो ।
मत परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १६ सय ८६ मत ल्याएर विजयी भएभने विपक्षी गठबन्धनका तारा अधिकारीले १६ सय २४ मत ल्याएका छन् ।
यसैगरी महिला सदस्यमा तारा खपतरीले १७ सय १४, दलित महिला सदस्यमा नविना मोहोराले १७ सय १५, खुला सदस्यमा रघुवीर बुढाथोकीले १६ सय ५८ र राज कर्ण राईले १६ सय १२ मत ल्याएर विजयी भएका हुन् ।
यो वडामा मेयरमा गीता अधिकारीले १७ सय ३२ मत र गठबन्धनका राम थापाले १६ सय ४८ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनकी रेगिना भट्टराई प्रसाईंले १६ सय ४० मत ल्याएर अग्रता कायम गरेकी छन् भने एमालेका अम्बिका खनालले १५ सय ०९ ल्याएकी छन् ।
यो नगरमा नेपाली कांग्रेसले राप्रपासँग गठबन्धन गरेको छ ।