बिर्तामोड / वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिले सम्मको मत परिणाम हेर्दा झापा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

वडा नम्बर १ को एक हजार २६७ मत गन्दा अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार जय नारायण साहले ४८२ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका उम्मेद्वार गौरीशंकर राजवंशी रहेका छन् । उनले ३४० मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार रुद्र बजगाईं २९० मतका साथ तेस्रो स्थानमा रहेका छन् । 

यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी अन्जु देवी थपलियाले ४५५ मत, एमालेकी देवी अधिकारीले ३३० र माओवादी केन्द्रकी मुन्नावती गणेशले २९५ मत प्राप्त गरेकी छिन् ।

यस्तै वडा अध्यक्षमा कांग्रेसले ४६२, एमालेले ३५० र माओवादीले २८६ मत प्राप्त गरेको छ ।