रामेछाप / रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलेको छ ।
इलाका प्रहरी चौकी दोरम्बाका अनुसार शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ।
मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ।
स्थिति सामान्य रहेका कारण हाल दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ।