बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार दुई हजार ४१९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी एक हजार ८४ मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले ६६२ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले २८१ मत ल्याएका छन् ।
यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ९४ मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले १ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले ८८५ मतका साथ अग्रता बनाइरहेकी छिन् भने दोस्रोमा कांग्रेसकी आशा शर्मा शिवाकोटीले ७०२ मतका साथ प्रसाईलाई पछ्याइरहेकी छिन् ।
त्यस्तै राप्रपाबाट उपप्रमुख पदमा उम्मेद्वारी दिएकी सचित्रा खनालले १७४ मत, एकीकृत समाजवादीकी अम्बिका उप्रेतीले ७१ र विवेकशील साझाकी अम्बिका चापागाईं (सुवेदी)ले ८ मत ल्याएकी छिन् ।