बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा ८५० मत गणना गर्दा एमालेकी मिरा भुर्तेलको अग्रता देखिएको छ ।
भुर्तेलले ३२० मत प्राप्त गरेकी छिन् भने काँग्रेस र माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाइँले ३१८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले ८० मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडा अग्रता लिएका छन् । एमालेका भवानी प्रसाद खतिवडाले १७९, गठबन्धन (माओवादी)का खड्ग बहादुर तिम्सिनाले १५०, राप्रपाकी इन्दिरा रिजालले ५२ र धारा चुनाब चिन्हका मिन कुमार नेवारले ३९१ मत ल्याएका छन् ।
यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले २८८ मत, एमालेका अनिल वाग्लेले ४७२ र राप्रपाका उम्मेद्वार गिरिराज मणि दंगालले ७५ मत प्राप्त गरेका छन् ।