बिर्तामोड / भद्रपुरमा नगरपालिका वडा नम्बर -१ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका राम अधिकारी नौ सय ३७ मत ल्याई निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् ।
सिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए । वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् ।