बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । ५९५ मत गणना गर्दा एमालेका उम्मेद्वार बलदेव गोम्देन ३०५ मतसहित अग्र स्थानमा रहेका छन् ।
त्यस्तै गठबन्धनबाट मेयर पदका उम्मेद्वार रञ्जिता कार्कीले २२४ मत प्राप्त गरेकी छिन भने राप्रपाकी उम्मेद्वार सूर्य खतिवडाले १५ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै उपप्रमुख पदमा एमालेकी खड्गमायाँ पराजुलीले २९५ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फका उम्मेद्वार माओवादी केन्द्रका जितेश योञ्जनले १५२ मत र राप्रपाका उपमेयरले २४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर –१ का वडाध्यक्ष पदमा एमालेका उम्मेदवारले २४८, कांग्रेसले २७७ र राप्रपाले २३ मत प्राप्त गरेको छ ।