बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा दुई हजार २१८ मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ ।
गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक हजार ३४५ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले ५९९ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ५०७ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ६४८ मत प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ४७ मत र उपाध्यक्ष भागीरथी अधिकारीले २६९ मत प्राप्त गरेकी छिन् ।
यस्तै साइकल चुनाव चिन्हले अध्यक्षमा ११ र उपाध्यक्षमा २१ मत प्राप्त गरेको छ ।