बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । १२०२ मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले ५५७ मत प्राप्त गरेका छन् ।
दोस्रोमा एमालेका डम्बर बहादुर गिरी रहेका छन् । जसको मत ४२३ रहेको छ । त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले ९२ तथा माओवादीका भवानी प्रसाद दंगालले ४० मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ३९७ राप्रपाका लक्ष्मी देवी मैनालीको ४४४ स्वतन्त्र उम्मेद्वार लखन हेमरमको १४३ तथा माओवादीका टिका देवी राउतको ५६ मत रहेको छ । यस्तै वडाध्यक्षमा एमालेबाट त्रिलोचन सापकोटा ४५६ , राप्रपाका देवी थापाले ४४६ , नेपाली कांग्रेसका रत्न अधिकारी १०६ र माओबवादीका भक्त नेम्बाङले ६५ मत प्राप्त गरेका छन् ।