बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । ९५ मत गणना गर्दा एमालेका उम्मेद्वार बलदेव गोम्देन ४३ मतसहित अग्र स्थानमा रहेका छन् । 

त्यस्तै गठबन्धनबाट मेयर पदका उम्मेद्वार रञ्जिता कार्कीले ३७ मत प्राप्त गरेकी छिन भने राप्रपाकी उम्मेद्वार सूर्य खतिवडाले दुई मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै उपप्रमुख पदमा एमालेकी खड्गमायाँ पराजुलीले ४० मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फका उम्मेद्वार माओवादी केन्द्रका जितेश योञ्जनले २५ मत र राप्रपाका उपमेयरले तीन मत प्राप्त गरेका छन् । 

वडा नम्बर –१ का वडाध्यक्ष पदमा एमालेका उम्मेदवारले ३५, कांग्रेसले ४७ र राप्रपाले ३ मत प्राप्त गरेको छ ।