बिर्तामोड / हिजो (शुक्रबार) भएको स्थानीय तह निर्वाचनको अहिले सम्मको मत परिणाम हेर्दा झापा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
दुई सय २३ मत गन्दा कांग्रेसबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका जय नारायण साहले ८१ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् ।
त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका उम्मेद्वार गौरीशंकर राजवंशी रहेका छन् । उनले ५९ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार रुद्र बजगाईं ५८ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी अन्जु देवी थपलियाले ८० मत, एमालेकी देवी अधिकारीले ५१ र माओवादी केन्द्रकी मुन्नावती गणेशले ६२ मत प्राप्त गरेकी छिन् ।