बिर्तामोड / धरान उपमहानगरको मत गणनामा गठबन्धन दल कांग्रेसका मेयर उम्मेदवार किशोर राईले अग्रता लिएका छन् । हालसम्म ३ सय मत गणना हुँदा राईले १ सय १६ मत प्राप्त गरेका छन् । 

एमालेकी मेयर उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ले ६१ मत प्राप्त गर्दै उनलाई पच्छ्याइरहेका छन् । 

OM Sai Pathibhara Hospital

यसैगरी उपमेयरमा गठबन्धन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वोले ६७ मत प्राप्त गरेका छन् । धरानका १, २, ३ वडाको मतगणना गर्दा कांग्रेसले अग्रता लिएको हो ।