बिर्तामाेड / झापाको गौरीगन्जमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
चार सय मत गणना गर्दा एमालेका अध्यक्ष पदका उम्मेदवारले एक सय १५ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले एक सय ११ मत पाएका छन् ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवारले ६४ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले ६८ मत पाएका छन् ।
यस्तै उपाध्यक्ष पदमा एमालेले एक सय ४१, कांग्रेसले ६७, माओवादीले एक सय ११ र राप्रपाले २८ मत प्राप्त गरेको छ ।
वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षले एक सय २६ मत, काङ्ग्रेसका वडाध्यक्षले एक सय १७, माओवादीका वडाध्यक्षले ९४ र राप्रपाका वडाध्यक्षले १९ मत प्राप्त गरेका छन् ।