बिर्तामोड / मेचीनगर नगरपालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १: १५ मिनेटदेखि मतगणना सुरु भएको हो ।
विहान ८ वजेदेखि सुरु हुने भनिएको सर्वदलीय बैठक १० वजे मात्र सुरु भएको थियो । दलीय सहमति अनुरुप मतगणना सुरु भएको छ ।
नगरको १५ वटै वडाको १०२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम शनिवार राति नै सम्पन्न भएको थियो ।
पहिलो चरणमा वडा नम्बर १ देखि मतगणना सुरु भएको बुझिएको छ ।
मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेराबीच राखिएको थियो ।
मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।