विराटनगर / विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।
दिउँसो १ बजेको प्राप्त परिणाम अनुसार सात सय मत गन्दा कोइरालाले दुई सय ६९ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् ।
त्यस्तै मेयर पदमा एमालेका उम्मेदवार सागर थापाले एक सय ८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत पाएका छन् ।
यस्तै, उपमेयरमा भने नेकपा एमालेको अग्रता देखिएको छ । उपमेयरमा नेकपा एमालेबाट शिल्पा निराला कार्कीले २२६ र जसपा नेपालका तर्फबाट अमरेन्द्र यादवले १५२ मत प्राप्त गरेका छन् ।