इलाम / इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा विवादका कारण मतगणना स्थगित भएको छ । 

मत गणना स्थलमा नगरपालिकाका करार कर्मचारी दल बहादुर श्रेष्ठको साथबाट स्वस्तिक छाप भेटिएपछि विवाद भएको हो । 

OM Sai Pathibhara Hospital

स्वस्तिक छाप बोकेका कर्मचारी मतगणना स्थलमा भेटिएको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलहरुले नाराबाजी गरेपछि झडप भएको छ । श्रेष्ठलाई भने  प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवस्था तनावपूर्ण बनेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । देउमाईमा एमालेको अग्रता छ ।