काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा बालेनले १५७ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९६ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९ मत पाएका छन् ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।