प्युठान / हिजो (शुक्रबार) भएको स्थानीय तह निर्वाचनमा प्युठानको सरुमारानी गाउँपालिका –६ तिराममा २८ बर्षिय युवा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका २८ वर्षीय तिलबहादुर बुढा विजयी भएका हुन् ।
बुढाले ६ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी पाँच दलिया गठबन्धनबाट उम्मेद्वारी दिएका माओवादी केन्द्रक बोमबहादुर पुनले चार सय ४३ मत प्राप्त गरेका छन् ।
सो वडाको महिला सदस्यमा एमालेकी एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन् ।
उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।