बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । १५० मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले १२९ मत प्राप्त गरेका छन् ।
दोस्रोमा एमालेका डम्बर बहादुर गिरी रहेका छन् । जसको मत ११५ रहेको छ । त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले २२ तथा माओवादीका भवानी प्रसाद दंगालले १२ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६ राप्रपाका लक्ष्मी देवी मैनालीको ९१ स्वतन्त्र उम्मेद्वार लखन हेमरमको १६ तथा माओवादीका टिका देवी राउतको १५ मत रहेको छ ।