बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता रहेको छ ।
गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक सय ९३ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले ९२ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ७४ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ९० मत प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ६ मत र उपाध्य भागीरथी अधिकारीले ४१ मत प्राप्त गरेकी छिन् ।