बिर्तामोड / शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । झापाका १५ वटा पालिकामा उक्त मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुर झापाले जनाएको हो ।
झापाका १५ वटै पालिकामा ६ लाख ४६ हजार २३४ मतदाता मध्ये ४ लाख ५५ हजार ४७६ मत खसेको निर्वाचन कार्यालय झापाले तथ्याङ्क सार्वजनिक गरेको छ ।
जसमध्ये पुरुष २ लाख ७ हजार ४०५ र महिला २ लाख ३८ हजार ७१ जनाले मतदान गरेका छन् । जसको प्रतिशतमा ७०.४८ प्रतिशत हो ।