बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ । 

पछिल्लो मत परिणाम अनुसार ६ सय ४९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी दुई सय ९१ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले एक सय ७३ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६० मत ल्याएका छन् । 

यस्तै राप्रपाका प्रमुख श्याम ओलीले २५ मत प्राप्त गरेका छन् भने तराजुका भीम प्रसाद अधिकारीले एक मत प्राप्त गरेका छन् । 

उपमेयरमा सुर्य चुनाव चिन्हबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले २३० मतका साथ अग्रता बनाइरहेकी छिन् भने दोस्रोमा कांग्रेसकी आशा शर्मा शिवाकोटीले ११८ मतका साथ प्रसाईलाई पछ्याइरहेकी छिन् । 

त्यस्तै राप्रपाबाट उपप्रमुख पदमा उम्मेद्वारी दिएकी सचित्रा खनालले ४५ मत र एकीकृत समाजवादीकी अम्बिका उप्रेतीले २१ मत ल्याएकी छिन् ।