बिर्तामोड /  झापाको बिर्तामोड नगरपालिकामा शुक्रबार (वैशाख ३० गते) भएको स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । 

निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार शुक्रबारबाटै मत गणना थाल्ने भनिए पनि बिर्तामोडमा आज विहान ८ बजेदेखि गणना शुरु गरिएको हो ।

OM Sai Pathibhara Hospital

बिर्तामोडको वडा नं १ बाट मतगणना शुरु भएको काफ्लेले जानकारी  दिए । हिजो भएको मतदानमा बिर्तामोडमा ७१.४९ प्रतिशत मत खसेको थियो ।

१९ हजार ९६७ पुरुष र २१ हजार ७७ महिला गरी ४१ हजार ४४ जनाले मतदान गरेका थिए ।