गोरखा / गोरखामा प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका घाइते भएकी छिन् । 

घाइते हुनेमा भीमसेन थापा गाउँपालिका –२ ताराखसे मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा रहेकी छिन् ।

OM Sai Pathibhara Hospital

उनको तिघ्रामा गोली लागेको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए । 

खनालका अनुसार काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।