स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका –१४ पञ्चमूलमा शुक्रबार जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ नगरपालिका –१४ पञ्चमूल अर्खलबासकी ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदिप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भिमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ५० वर्षीया मिना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

OM Sai Pathibhara Hospital

घाइते हुनेमा वालिङ नगरपालिका –१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर रहेका छन् ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।

स्थानीय निर्वाचनका लागि मतदाता लिएर सिख्रेबाट वालिङ तर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जिप वालिङ –१४ अर्खलाबासमा दुर्घटना भएको थियो ।