बिर्तामोड / झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । 

कमल गाउँपालिका –६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण र झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका हुन् । 

OM Sai Pathibhara Hospital

कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए । 

सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले उम्मेदवारलाई नै वितरण गर्न भन्दै उपलब्ध गराएपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।

यस्तै झापा ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र‘‘ ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको छ ।

मादक पदार्थ सेवन गरेको भए नभएको प्रमाणित गर्न बस्नेतलाई अस्पताल भर्ना गरेको अधिकृत नेपालले जानकारी दिए ।