स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका –१४ अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना भएको छ।

स्थानीय निर्वाचनका लागि मतदाता लिएर सिख्रेबाट वालिङ तर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जिप वालिङ –१४ अर्खलाबासमा दुर्घटना भएको हो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । 

घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

खनालका अनुसार मतदान गर्न गएका वृद्धवृद्धा रहेको जिप दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत भने भइनसकेको बताइएको छ ।