झापा / मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई  जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीप बहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

OM Sai Pathibhara Hospital

यस्तै प्रहरीले गुर्भाकोट नगरपालिका- ११ का एमाले उम्मेदवारलाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर -११स्थित आँपसोतीबाट एमालेका वडा अध्यक्षका उम्मेदवार राजन बिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

पैसा बाँड्दै गरेको भन्ने स्थानीयवासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो । बिसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ ।
बुधबार मध्य राति गुर्भाकोट मतदाताहरूलाई पैसा बाँड्दै गरेको अवस्थामा उम्मेदवार बिसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डीएसपी रामप्रसाद घर्तीले प्रहरीले विसीबाट नगद १ लाख १२ हजार रुपैयाँ पनि बरामद गरेको छ । ‘पैसा बाँड्न लागेको भन्ने स्थानीयका सूचना गरेपछि प्रहरी त्यहाँ गएको हो’ डीएसपी घर्तीले भनेका छन्, ‘उम्मेदवार बिसीलाई नियन्त्रणमा लिएका छौ भने उक्त घरमा बेवारिसे अवस्थामा एक लाख १२ हजार नगद पनि फेला परेको छ ।’ घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीको भनाई छ ।