बझाङ / बझाङमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका -५ बस्ने २६ वर्षीय कृष्ण धामी रहेका छन् ।
सोही ठाउँस्थित मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।