काठमाडौँ / बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका- २ बस्ने २७ वर्षीय रामराज खडकी रहेको प्रहरीले जनाएको छ ।
उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा तीन दिन कैद र रु १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।