सिरहा / सिरहामा मतदातालाई नमूना मतपत्रमा पैसा राखेर बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका- २ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा रहेका छन् ।

उनले मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

OM Sai Pathibhara Hospital

उनको साथबाट मतपत्र र ५४ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । लामालाई मतपत्र र रकमसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले बताएका छन् ।