बैतडी / बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। 

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बुधबार बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। 

OM Sai Pathibhara Hospital

उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा महसुस गरिएको छ। 

भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण अहिले सम्म नआएको प्रहरीले जनाएको छ।