बिर्तामोड /  बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी झापामा पुरा भएको छ । 

झापाका १५ वटा स्थानीय तहका ७ सय ५५ वटै मतदान स्थलमा आवश्यक सामग्री सहित निर्वाचन टोली निर्वाचन स्थल पुगे सँगै निर्वाचनको तयारी पुरा भएको हो ।

OM Sai Pathibhara Hospital

निर्वाचन सम्पन्न गर्न ५ जनाको टोली र आवश्यक सुरक्षाकर्मी समेत मतदान स्थल पुगेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताएका छन् । 

बैशाख २६ गते ३ सय ६१ मतदान केन्द्र र २७ गते ३९४ मतदान स्थल सहित जिल्लाका ७ सय ५५ वटै मतदान स्थलमा मतपत्र मतपेटिका मतदानकेन्द्रमा आवश्यक पर्ने अन्य सामग्रीहरू समेत पुर्याइ सकिएको  प्रमुख नेपालले बताएका छन् ।

 ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता रहेको झापामा निर्वाचनलाई शान्ति पूर्ण सम्पन्न गर्न शसस्त्र प्रहरी बल झापाबाट ८ सय सुरक्षाकर्मी , म्यादी प्रहरी १८ सय र २ हजार ९ सय जनपथ प्रहरी खटाइएको छ ।

झापामा ३६ वटा राजनैतिक दलबाट २७ सय ८५ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका मध्ये भने ६ सय ८५ जना उम्मेदवारमात्रै निर्वाचित हुने छन् ।